|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको विकासलाई गति दिनको लागि पत्रकारको साथ आवश्यक रहेको शाहीले बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३ औं साधारणसभालाई सम्बोधन गर्दै शाहीले समाज गलत बाटोमा हिँडिरहेकाले समाजको बाटोलाई सही दिशा दिन पत्रकारहरुको साथ आवश्यक रहेको बताएका हुन्।

मुख्यमन्त्री शाहीले समाजमा सुशासन नभएको अवस्थामा धेरै घटना हुने गरेको भन्दै सबैभित्र राम्रो र सकारात्मक सोचको आवश्यकता रहेको बताए। ‘हरेक व्यक्तिले समाजमा कसरी राम्रो बन्ने, समाजमा राम्रो छाप कसरी छाड्ने, कसरी राम्रो व्यवहार देखाउने भन्नेबारे प्रतिस्प्रर्धा गर्न आवश्यक छ’ शाहीले भने।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका १५ वर्षमुनिका बालबालिकाको मस्तिष्क ‘भर्जिन’ भएका कारण उनीहरूलाई कस्तो शिक्षा दिने भन्ने बारे सरकारले अध्ययन गरिरहेको बताए। १५ वर्षमुनिका बालबालिकाको मस्तिष्क कस्तो बनाउने र कस्तो शिक्षा दिँदा कर्णाली समृद्ध बनाउन सकिन्छ भन्ने अध्ययन गरेर पाठ्यक्रम बनाउने सरकारको तयारी रहेको उनको भनाई छ। मुख्यमन्त्री शाहीले पत्रकार जगतमा रहेका समस्या समाधानका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए।

थाहाकर्मीसहित चारजना पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले थाहाकर्मी धर्मराज जिसीसहित विभिन्न मिडियामा आवद्ध ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ। महासंघ सुर्खेतको २३ औं साधारण सभाको अवसरमा समाचार लेखेर समाजमा सकारात्मक रुपान्तरण गर्न सहयोग गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरेको हो।

शान्ति र विकास पत्रकारिता वर्ष पुरुस्कारबाट नगद १० हजार रुपैयाँ र सम्मानसहित थाहाकर्मी धर्मराज जिसी र बिमला खड्का, खानेपानी तथा सरसफाइ पुरस्कार कर्मसञ्चार डटकमका इश्वर अधिकारी १० हजार  र नागरिक दैनिकका नगेन्द्र उपाध्याय   पाँचहजार पुरस्कार राशीसहित वर्ष पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.