काठमाडौं : जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा पूर्वमन्त्री रूप ज्योतिविरद्ध पक्राउ पूर्जी जारी गरेको छ। हाउजिङ निर्माण गर्ने भन्दै सर्वसाधारणबाट रकम असुलेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।
‘ल्याण्डमार्क डेभलपर्स प्रा.लि’ मार्फत काठमाडौंका विज्ञेन्द्रकृष्ण मल्लको २ करोड ७० लाख रुपैयाँ लिएको भन्दै पक्राउका लागि खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले थाहाखबरलाई जानकारी दिए। उनी तत्कालीन ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा अर्थमन्त्री बनेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।