समाज

निर्मलाकाे न्यायका लागि खाली खुट्टामै प्रदर्शन
SHARES

मंसिर २०, २०७५

    सुर्खेत : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै  बिहीबार सुर्खेतकाे वीरेन्द्रनगरमा खाली खुट्टा प्रदर्शन गरिएको छ। बलात्कार पछि हत्या भएकी निर्मलाको हत्यारा पक्राउ र न्यायको माग गर्दैे पोस्टर अभियानमा सहभागी जनाउँदै स्वतन्त्र युवाको समूहले वीरेन्द्रनगरमा बृहत र्‍यालीसहित खाली खुट्टा प्रदर्शन गरेको हो। 

    वीरेन्द्रनगरको मंगलगढी चोकबाट शुरु भएको उक्त र्‍याली बजार परिक्रमा गर्दै वीरेन्द्र चोकमा गएर कोण सभामा परिणत भएको थियो। कोणसभामा बोल्दै उच्च अदालत बार एशाेशिएन सुर्खेतका अध्यक्ष उत्तम आचार्यले यतिका समय बित्दा पनि राज्यले पीडितलाई न्याय दिन नसकेको प्रति दुख व्यक्त गदै सरकारले गठन गरेका विभिन्न आयोग नै निस्क्रिय भएको आरोप लगाए। आयोगले वास्तविकताको धरातलमा पुग्न नसक्नु पनि बिडम्बना भएको उनको भनाई छ।

    र्‍यालीमा सहभागी युवाले पीडितले सरकार भएको अनुभूति नै गर्न नसकेको भन्दै सरकार पीडितलाई न्याय दिनुको साटो विभिन्न प्रपंच बनाएर घटनालाई मोड्न खोजिरहेको आरोप समेत लगाएका थिए। उनीहरूले जतिसक्दो छिटो सरकारले पीडितलाई न्याय दिनु पर्नेमा जोड दिएका छन्। प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको कागज टाँसेका थिए।

    स्वतन्त्र युवाको समूह सांकेतिक रुपमा खाली खुटा र्‍यालीमा उत्रिएकाे हाे। त्यसै गरी जिल्ला सदरमुकामा डडेल्धुरा सदरमुकाममा अध्ययनरत विद्यार्थीले बिहीबार दिउँसो विरोध प्रदर्शन गरेका छन्। सदमुकामका विभिन्न विद्यालयका विद्यार्थीको सहभागितामा दिँउसो ३ बजे तुफानडाँडादेखि बागबजारसम्म दबाबमूलक शान्तिपूर्ण र्‍याली निकालेका हुन्।

    ‘सरकार भेटियो, न्याय भेटिएन निर्मलालाई न्याय दे !’ ब्यानर बोकिएको उक्त र्‍यालीमा प्रर्दशनकारीले असक्षम प्रधानमन्त्री मुर्दावाद, गृहमन्त्री राजीनामा दे! लगायतका नारा लगाएर समेत सरकारको विरोध जनाएका थिए। निर्मलाको हत्या भएको ४ महिना बितिसक्दा समेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। साउन १० गते हराएकी उनी साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]