ललितपुर : नक्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा उक्त टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक ...

काठमाडौं : निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेकी माया शेरचन धरौटीमा रिहा भएकी छन्।
गौचन हत्याकाण्डका मुख्य नाइके समिरमानसिंह बस्नेतकी श्रीमती मायालाई जिल्ला अदालत काठमाडौंले पाँचलाख धरौटीमा छाड्न आदेश दिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।
मायालाई गौचन हत्याकाण्डमा जोडिएको हुनसक्ने भन्दै गत कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो। केही दिनअघि उनले बयानमा आफू समिरमानसँग आजित भएको र सम्बन्ध विछेदसम्मको अवस्थामा पुगेको तर उनलाई कुनै आपराधिक क्रियाकलापमा साथ नदिएको बयान अदालतमा दिएकी थिइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।