|

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले बैशाख २८ र २९ गते महाधिवेश गर्ने भएको छ। यसअघि माघ अन्तिम साता महाधिवेशन गर्ने भने पनि तयारी नपुगेका कारण बैशाखसम्म सार्ने निर्णय गरेको हो।

बिहीबार बसेको राजनीतिक समितिको बैठकले बैशाख अन्तिम साता जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरेको समिति सदस्य प्रविण चाम्लिङले जानकारी दिए। तल्लो तहका सबै समितिहरूको अधिवेशन चैतभित्र सक्ने फोरमले जनाएको छ।
यस्तै, बैठकले २२ गते केन्द्रीय समिति बोलाउने निर्णय गरेको उनले बताए। पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारको कामको समीक्षा पनि भएको थियो। 

सत्तारुढ दल फोरमले अब सरकारमा जाँदाताका नेकपासँग भएको संविधान संशोधनको सहमति कार्यन्वयनका लागि दबाब दिने निर्णयसमेत गरेको छ। यस विषयमा केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुने चाम्लिङले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.