|

काठमाडौं :  अर्थमन्त्रालयले  मुद्रा तथा पुँजी बजारमा देखिएको समस्याको अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेकाे छ। बैंकिङ क्षेत्र र सेयर बजारमा देखिएकाे समस्याका विषयमा अध्ययन गर्न बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडा समिति गठन गरेका हुन्। 

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठकाे संयाेजकत्वमा  धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, शेयर लगानीकर्ता संघका प्रतिनिधिहरु र अर्थमन्त्रालयका वित्तीय क्षेत्र ब्यवस्थापन हेर्ने सहसचिव समितिका सदस्य छन्।
 
समितिले सात दिनभित्र अध्ययन गरेर समस्या समाधानका सुझाबहरु दिनु पर्ने छ। बैंकहरुले  ब्याजदरमा बढाबढ गरेकाे  र शेयर बजार पनि लगातार घट्न थालेपछि समिति गठन  गरिएकाे अर्थमन्त्रालयका सल्लाहाकार डा. रामशरण खरेलले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.