|
प्रतीकात्मक तस्विर

काठमाडौं : महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोशाक लागु गर्ने भएको छ। 

कान्तिपुर दैनिकमा समाचार छ,‘महानगरीय शिक्षा रूपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरूपता ल्याउन लागिएको महानगर शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जनाए।

‘विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ’ उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरूपता ल्याउन लागेका हौँ। यसैगरी महानगरले विद्यालयको विदामा समेत एकरूपता ल्याउन शैक्षिक क्यालेण्डर लागु गर्ने भएको छ।विदेशी कूटनीतिक नियोगबाट सञ्चालितबाहेकका सबै विद्यालय एकै दिन खुल्ने र विदा हुनेगरी क्यालेण्डर बनाउन लागेको कोइरालाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.