|

स्पेनिस क्लब रियल म्याड्रिडले कोपा डेल रे फुटबलको आफ्नो दोस्रो लेगमा मेलिलामाथि ६–१ को प्रभावशाली जित निकाल्दै समग्रमा १०–१ को नतिजासहित प्रि–क्वाटरफाइनल प्रवेश गरेको छ।

स्पेनिस मिडफिल्डर इस्को र मार्को एसेन्सियोले २–२ गोल गर्दा भिनिसियस जुनियर र जाभी सान्चेजले समान १ गोल गरे। एसेन्सियोले उत्कृष्ट प्रदर्शन गर्दा दुई गोल सँगै दुई असिस्ट गरेका थिए। पहिलो लेगमा फराकिलो जित दर्ता गरेकाले प्रशिक्षक सान्टियागो सोलारीले यस खेलमा अधिकाशं दोस्रो रोजाइका खेलाडी उतारेका थिए।

गोलरक्षक केलर नाभासले सुरुवाती रोजाइमा मौका पाउँदा डिफेन्समा जेसस भालेहो र जाभी सान्चेजले खेले। मिडफिल्डमा फेडेरिको भालभेर्डे तथा आक्रमणमा मारियानो डियाज र भिनिसियसले मौका पाए। ड्यानी कार्भाजालले लेफ्ट ब्याकको भूमिका बहन गरे।

खेलको सुरुवाती ३० मिनेटमा मेलिलाले पनि केहि गोल गर्ने अवसर बनाएको थियो । १८ वर्षीय फरवार्ड मोहमद मिजियनले दुई सुन्दर अवसर पाएपनि नाभास त्यसमा बाधक बने। दोस्रो हााफमा पनि रियलविरुद्ध केहि संयमित देखिएपनि फराकिलो हार टार्न असफल भयो। सुरुवाती ३० मिनेट रियललाई रोकेपनि त्यसपछि उसको केहि सिप चलेन। मेलिलाले ८० औं मिनेटमा पेनाल्टीमार्पmत खेलमा एक गोल फर्कायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.