|

धनकुटा : धनकुटा नगरपालिका –२ भीरगाँउमा बिहीबार राति भएको ट्रयाक्टर  दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा पाख्रिबास नगरपालिका घर भई हाल धनकुटा नगरपालिका ३ कागते बस्दै आएका ट्रयाक्टर  सहचालक वर्ष ३१ को दिपक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

स्थानीय निबुवा खोलाबाट बालुवा लिएर आएकोे को २ त ६९७४ नम्बरको ट्रयाक्टर बाट बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाइड्रलिकबाट ट्रलि नझरेपछि हेर्ने क्रममा ट्रलि झरेर राई मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। ट्रयाक्टर  र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.