समाज

अोखलढुंगाको खिजीफलाटेमा मालपोत र नापी कार्यालय
SHARES

मंसिर २१, २०७५

    ओखलढुंगा : ओखलढुंगाको खिजीफलाटेमा मालपोत र नापी कार्यालयको उद्घाटन गरिएको छ।

    सांसदहरू यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ र मोहन खड्का, पूर्वसांसद रामहरि खतिवडा तथा प्रमुख जिल्ला अधिकारीले बुधबार जिल्लाको दुर्गममा पर्ने खिजीदेम्बा गाउँपालिकाको केन्द्र फलाटेबजारमा स्थापित कार्यालयको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। गाउँमै मालपोत र नापीको सेवा पाएपछि स्थानीय भने खुशी भएका छन्।

    यसअघि छिमेकी तीन जिल्ला रामेछाप, सिन्धुली र उदयपुर घुमेर सदरमुकाम जानुपर्ने स्थानीयको बाध्यता थियो। अहिले गाउँमै सेवा सुरु भएसँगै खिजीदेम्बा गाउँपालिका र आसपासका नागरिकको त्यो बाध्यता हटेको छ।

    खिजिफलाटेमा मालपोत र नापीको कार्यालय स्थापना भएपछि पाँच हजारको जग्गा कारोबार गर्न हजारौं रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता हटेको छ। सानो कारोबारको जग्गा रजिष्ट्रेशन गर्न सदरमुकाम जान स्थानीयलाई तीन जिल्ला घुम्नुपर्ने बाध्यता थियो। स्थानीयले खिजी तथा आसपासका क्षेत्रका नागरिकको समस्या समाधान गरेको भन्दै सांसद यज्ञराज सुनुवारको प्रशंसा गरे। 

    सेवा प्रभावकारी बनाउन निर्देशन 

    सेवा गुणस्तरीय बनाउन सांसदहरुले निर्देशन दिएका छन्। मालपोत र नापीका कर्मचारीहरु आर्थिक प्रलोभनमा पर्ने गरेकाले त्यसतर्फ नलागी सेवा प्रवाह गर्न प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले निर्देशन दिए। ‘मैले मेरो दायित्व पूरा गरेँ। यो नासो तपाईहरुलाई हस्तान्तरण गरेँ अब कार्यालय टिकाउने र सेवा प्रभावकारी बनाउने जिम्मा तपाईँहरुको हो।’ कार्यालय उद्घाटन गर्दै सांसद सुनुवारले भने। 

    प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङले सार्वजनिक सेवा प्रभावकारी बनाउन कर्मचारी र चनाखो बन्न नागरिकलाई आग्रह गरे।  पूर्वसांसद रामहरि खतिवडाले दुई तिहाई बहुमतको सरकारले अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे। दुर्गममा खुलेका कार्यालयलाई सेवामा भने कुनै कसर बाँकी नराख्न खतिवडाले पनि आग्रह गरे। 

    खिजीफलाटेमा मालपोत र नापी कार्यालय स्थापनाका लागि करिब दुई दशक अघि नै प्रकृया अघि बढाइएको थियो। राज्यको माथिल्लो निकायसम्म त्यस क्षेत्रका नागरिकको पहुँच नपुग्दा त्यो निर्णय हुनसकेको थिएन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]