|

पाकिस्तानी लेग स्पीनर यासिर शाहले ८२ वर्षको रेकर्ड तोडेका छन्। 

शाहले ८२ वर्ष अघि अष्ट्रेलियन बलर क्लारी ग्रिमेटको रेकर्डलाई तोड्दै ३३ टेस्ट क्रिकेटबाट २०० विकेट लिने खेलाडी बनेका छन्।  यसअघि क्लारीले सन् १९३६ मा ३६ खेलबाट २०० विकेट लिएका थिए।  शाहले युएईको अबुधाबीमा जारी न्यूजिल्याण्ड विरुद्धको टेस्टबाट आफ्नो नाममा रेकर्ड राख्न सफल भएका हुन्। शाहले एकै खेलमा १४ विकेट लिए। जुन पाकिस्तानी प्रधानमन्त्री इमरान खानको रेकर्डसँग बराबरी गरेका छन्। 

यासिरले आफ्नो करिअरमा तीन चोटी १० विकेट लिएका छन् भने १६ चोटी पाँच विकेट लिएका छन्। सन् २०१६ मा भारतीय बलर रविचन्द्रन आश्विनले ३७ औं टेष्टम्याचबाट २०० विकेट लिएका थिए। 

यासिरको सफलतामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाइ दिएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.