राजनीति

सरकारको कार्यशैलीबाट सत्तारूढ दलकै नेता असन्तुष्ट : नेता सिंह
SHARES

मंसिर २१, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारूढ दलका नेतामा समेत असन्तुष्टि बढ्दै गएको बताएका छन्।  कांग्रेस काठमाडौं क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टि बढेको बताए।

    'सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ, काम गर्न नसकेर सरकारले वुद्धिजीवीहरूलाई समेत धम्काउने काम गरेको छ' उनले भने। नेता सिंहका अनुसार सरकार जस्तो छ, संसद्‍मा प्रतिपक्षी पार्टी नेपाली कांग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको हो ।

    'प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न संगठित हुनु जरुरी छ' उनले भने। सिंहले काठमाडौं कांग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी रहेको बताए। स्वर्गीय बज्राचार्य पार्टीका लागि कुशल संगठक भएको उनले बताए।

    कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको बताए। 'बज्राचार्यले दुईपटक वडाअध्यक्ष भएर काठमाडौंको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए, बज्राचार्यको कार्यशैलीबाट कांग्रेसले पाठ सिक्नुपर्छ' उनले भने।  काठमाडौं कांग्रेस सभापति सबुज बानियाँले काठमाडौँको कांग्रेसको संगठन निर्माणमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। विसं २०११ चैत ११ गते काठमाडौंमा जन्मेका बज्राचार्यको मस्तिष्कघातबाट विसं ०७४ मंसिर १ गते ६३ वर्षको उमेरमा निधन भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]