|

काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउन संचारकर्मीलाई आग्रह गरेका छन्।

अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक अनुशासन कायम राख्ने वातावरण बनाउन संचारकर्मीहरूले पनि ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पारे। नेपाली संचार क्षेत्र पछिल्लो समय जवाफदेही नदेखिएको भन्दै अर्थमन्त्री खतिवडाले असन्तुष्टि पनि व्यक्त गरे। शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौंथो महासभालाई सम्बोधन गर्दै उनले संचार क्षेत्रलाई जथाभावी कलम चलाउने छुट नरहेको दावी समेत गरे।

अर्थमन्त्री खतिवडाले स्वच्छ पत्रकारिता पत्रकारको धर्म भएको उल्लेख गर्दै त्यसका लागि सरकार आवश्यक सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.