समाज

महाकालीमाथि मोटर पुल निर्माणमा विलम्ब
SHARES

मंसिर २१, २०७५

    दार्चुला : दार्चुलाको महाकाली नगरपालिका-८ मा नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माणमा विलम्ब हुने भएको छ। निर्धारित इस्टिमेटअनुसार भारतीय निर्माण कम्पनीहरु पुल निर्माण गर्न तयार नभएपछि पुल निर्माणमा विलम्ब हुने भएको हो।

    सम्झौताअनुसार महाकाली-८ सुरकाडा र भारत धारचुलाको तहसिल अन्तर्गतको छारछुम जोड्ने मोटर पुल भारतीय निर्माण कम्पनीहरूले निर्माण गर्नुपर्नेछ तर निर्माणका लागि टेण्डर आह्‍वान गरिएकोमा ठेकेदारले कबोल नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय लगानीमा निर्माण गरिने मोटरपुलका लागि १५ करोड ५६ लाख भारतीय रुपैयाँको लागत इस्‍टिमेट तयार गरिएको छ। लोक निर्माण विभागका इन्जिनियरहरुले इस्‍टिमेट तयार गर्दा त्रुटि गरेकाले ठेक्का कबोल हुन नसकेको सञ्चारमाध्यमले जनाएका छन्।

    भारतको लोक निर्माण विभागले आह्‍वान गरेको पुल निर्माणको टेण्डरमा निर्माण कम्पनी तयार नभएको भारतीय पत्रिका अमर उजालाले जनाएको छ। १ सय १० मिटर लामो मोटरपुलका लागि प्राविधिक प्रस्तावअनुसार पुल निर्माण गर्न कम्पनी तयार नभएका हुन्।

    लोक निर्माण विभागले पुल निर्माणका लागि २० करोड भारतीय रुपैयाँ बजेट दिन केन्द्र सरकारसँग माग गरेको छ। यसअघि विनियोजित १५ करोड ५६ लाखको बजेटमा ठेकेदार कम्पनी तयार नभएपछि पुल निर्माणमा बजेट बढाउन माग भएको हो। केन्द्र सरकारबाट बजेट वृद्धिको स्वीकृति आएपछि पुनः ठेक्का प्रक्रिया अघि बढाइने भएको छ।

    पुल निर्माणको संरचनाअनुसार बजेट न्यून भएको ठेकेदार कम्पनीहरूले बताएका छन्। पुलको प्राविधिक इस्‍टिमेट तयार गर्दा केही त्रुटि भएकोले थप बजेट माग गर्नुपरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ। दार्चुला र धारचुलाबाट करिब १५ किलोमिटरको दूरीमा मोटरपुल प्रस्तावित गरिएको छ। दुई देशका अधिकारीहरुले पुल निर्माणस्थलको टुंगोसमेत लगाइसकेका छन्।

    लोक निर्माण विभाग अस्कोटका इन्जिनियर दीपक गुप्ताले पुल निर्माणका लागि २० करोड लागतको संशोधित प्रस्ताव केन्द्रमा पठाइएको बताए। केन्द्रबाट पुल निर्माणस्थलको पुनः स्थलगत अध्ययन एवं निरीक्षण गर्नसमेत भनिएको उनले बताए। केन्द्रस्तरकै प्राविधिक टोलीले पुल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने पनि उनले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]