|

काठमाडौं : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बिहीबार प्रस्तावित विधान मस्यौदामाथिको छलफल सक्ने तयारी गरिएको छ।

केन्द्रीय कार्यलय सानेपामा अहिले केहिबेर सुरु हुने बैठकमा विधान मस्यौदामाथि पार्टी सभापतिसहित अन्य पदाधिकारीले धारणा राख्ने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए। बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम अन्तिम चरणमा पुगेको र बिहीबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले धारणा राख्ने प्रवक्ता शर्माले बताए। बैठकमा पार्टीको संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको छ।

महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए। बैठकमा पेश भइसकेको आर्थिक प्रतिवेदनमाथि समेत बिहीबार छलफल हुन सक्ने विश्वकर्माले बताए। कांग्रेस विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रस्तावित विधानमाथि यही मंसिर १३ गतेदेखि केन्द्रीय समितिमा छलफल सुरु भएको हो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.