|

काठमाडौं : फिल्म ‘रणवीर’मा समावेश ‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीतको छायांकन सकिएको छ। राजधानीको नक्सालस्थित बालमन्दिर तयार पारिएको भव्य सेटमा ४ दिन लगाएर गीतको छायांकन सकाइएको हो। फिल्ममा समावेश उक्त गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ। गीतमा राजन र अन्जु पन्तको स्वर सुन्न सकिन्छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन्। यसै फिल्ममार्फत डेब्यु गरेका शुभेच्छा र सुपुस्पालाई नेपाली टिपिकल ड्रेसमा प्रस्तुत गरिएको छ। भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।

भिडियो तयार गर्न कुनै कसुर बाँकी नराखेको नृत्य निर्देशक रामजीले बताए। 'गीतलाई भव्य बनाउन कुनै कसर बाँकी राखिएको छैन’ उनले भने, ‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु।’

निर्मात्री गोमा बिस्टले गीतको भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको बताइन्। ‘गीतमा हामीले कुनै सम्झौता गरेका छैनौँ’ उनले भनिन् ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ।’ गीतमा झन्डै २५ लाख खर्च भएको अर्का निर्माता दीपेन्द्र रेग्मीले बताए। ’गीत राम्रो बनेकोले चाहिएको प्रोपर्टी त्यहीअनुरूप हामीले तयार गरेका हौँ’ दीपेन्द्र भन्छन्’ गीत हेर्दा दर्शकलाई अडियोभन्दा भिडियो कमजोर नलाग्ने किसिमले तयार गरेका छौँ।’ माघ १८ मा रिलिज हुने फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.