|

काठमाडाैं : सरकारले मंसिर ११ गतेबाट विधिवत सुरुवात गरेकाे सामाजिक सुरक्षा याेजनामा राेजगार दाताकाे उल्लेख्य उपस्थिति देखिएकाे सामाजिक सुरक्षा काेषले जनाएकाे छ। कात्तिक २५ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सूचीकृत हुन आह्वान गरेकाे थियाे। 

काेषका निर्देशक शंकर नेपालका अनुसार अहिलेसम्म १९४ राेजगारदाता कम्पनी सूचीकृत भएका छन्। विशेषगरी काठमाडाैं केन्द्रित र अछाम नगरपालिकाबाट समेत केही राेजगारदाता कम्पनी सूचीकृत भएकाे नेपालले बताए।

`छाेटाे समयमा १९४ राेजगारदाता सूचीकृत भएका छन्, यसलाई उल्लेख्य मानिएकाे छ´ नेपालले भने। सूचीकृत भएका कम्पनीले आफ्नाे प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई तीन महिना भित्र सूचीकृत गर्नुपर्नेछ।

सूचीकृतपछि भने प्रत्येक महिना श्रमिककाे १० प्रतिशत र राेजगार दाता कम्पनीबाट २० प्रतिशत रकम काटिएर सामाजिक सुरक्षा काेषमा जम्मा हुनेछ। यही काेषबाट श्रमिकले चार किशिमका सुरक्षा याेजना पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.