|

काठमाडौंः प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले डकैती गर्दै हिड्ने एकजनामाथि गोली प्रहार गरेको छ। प्रहरीले इटहरीका राजन लिम्बुमाथि गोली हानेको हो। प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेका बेलामा उनी आफैले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको जनाएको छ। उनको साथबाट एकथान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले खुट्टामा गोली हानेको हो। अहिले उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.