|

काठमाडौंः अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ।

यसै अवसर पारेर शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रभातफेरी सहितको एक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबैसँग हातेमालो गरेर विश्वका सबै उडान सेवाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी प्रतिवद्ध भएर काम गर्न सम्बन्धित निकायलाई सचेत गराए।

उनले उडानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले मुलुकको आर्थिक तथा सामाजिक प्रगतिमा महत्वपूर्ण योगदान दिने उडान क्षेत्रबारे जनचेतना जगाउन सो दिवस बनाइएको स्पष्ट पारे।

उनले एक वर्ष भित्र युरोपियन युनियनले नेपालको उडान भर्न लगाएको प्रतिबन्ध हटाउने गरी काम भईरहेको पनि जानकारी दिए। प्राधिकरणले उडड्यन क्षेत्रलाई उन्नत बनाउन सक्दो पहल भईरहेको दावी समेत गर्दै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.