|

बैतडी : बैतडी घर भएका एक नेपालीको बिहीबार भारतमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। एक जना घाइते भएका छन्।

दोगडा केदार ७ देउलेक घर भएका २४ वर्षीय लक्ष्मण कार्कीको ज्यान गएको बेंगलाेरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिए।दक्षिण भारत तामिलनाडु राज्यको कृष्ण गिरी भन्ने ठाउँमा बस र मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

घाइते हुने बैतडीको दोगडाकेदार २ का बिरेन्द्र विष्ट रहेका छन्।  घाइतेलाई तमिलनाडुबाट उपचारका लागि बेंगलाेर रिफर गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.