|

काठमाडौं : बासी खानेकुरा स्वास्थ्यका लागि निकै घातक हुन्छन् भन्ने धेरैले सुन्दै आउनुभएको छ होला। १२ घन्टाभन्दा धेरैको बासी खानेकुराको सेवनले फुड प्वाइजन तथा एसिडिटी बढ्ने हुँदा बासी खानेकुरा खान नहुने बताइन्छ। अझ जाडो मौसमको तुलनामा गर्मी मौसममा बासी खानेकुराको सेवन अझ घातक मानिन्छ।

तर केही त्यस्ता खानेकुरा हुन्छन्, जुन बासी खाने गर्नाले शरीरलाई फाइदा हुने गर्छ। बासी गहुँको रोटी खाने गर्नाले शरीरमा उच्चरक्तचापदेखि मधुमेहका बिरामीका लागि राम्रो हुने गर्छ।

यी हुन् बासी रोटी खानुका फाइदा

- हरेक दिन दूधसँग बासी रोटी खाने गर्नाले उच्चरक्तचाप नियन्त्रण हुन्छ तर १२ घन्टाभन्दा धेरै राखिएको बासी रोटी भने खानुहुँदैन। बासी रोटीलाई १० मिनेटजति दूधमा भिजाएर खानु राम्रो हुन्छ।

- हाम्रो शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हो। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि भए शरीरका महत्त्वपूर्ण अंगहरूलाई असर गर्छ। त्यसैले बासी दुईवटा रोटीलाई दूधमा भिजाएर १० मिनेटपछि खानाले शरीरको तापक्रम नियन्त्रणमा राख्न सहयोग गर्छ।

- कसैलाई लगातार पेट दुखेको छ भने बासी रोटी खानु एकदम फाइदाजनक हुन्छ। अझै राती सुत्नुअघि बासी रोटीलाई दूधमा भिजाएर खाने गर्नाले कब्जियत तथा पेटसम्बन्धी अन्य समस्याबाट छुटकारा पाउन सकिन्छ।

- मधुमेहका बिरामीलाई पनि बासी रोटी सेवन गर्नु फाइदाजनक मानिन्छ। हरेक दिन बासी रोटी १० देखि १५ मिनेट भिजाएर खाने गर्नाले मधुमेह नियन्त्रण हुने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.