|

जनकपुरधाम : बाराबाट लागुऔषधको इन्जेक्सनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बारा सिमराबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उप-महानगरपालिका ३ रामवनबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको बीरगंज महानगरपालिका ३२ बस्ने ५० वर्षीय नैमुदिन अन्सारी र काठमाडाैं महानगरपालिका  १२ बस्ने वर्ष १९ को लाक्पा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय पर्सालाई उदृत गर्दै प्रदेश प्रहरीले जनाएको छ। पक्राउ परेको व्यक्तिहरुको साथबाट अवैध लागुऔषध डाइजेल्याव इन्जेक्सन १५०, फेनार्गन इन्जेक्सन १५० र नुर्फिन इन्जेक्सन १५० गरी जम्मा ४५० पिस इन्जेक्सन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। 

पक्राउ परेका दुवै जनालो शरिरका बिभिन्न भागमा लुकाई छिपाई काठमाडाैंतर्फ लैजाँदै गरेको अवस्थामा सुराकीको आधारमा लागुऔषध इन्जेक्सन लैजाँदै गरेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ दुबै जनालाई बिहीबार जिल्ला अदालत बाराबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान कार्यभई रहेको प्रदेश प्रहरी कार्यालयका नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.