|

उदयपुर  : प्रदेश नम्बर १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले आर्थिक समृद्धिका लागि घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको बताएका छन्। उदयपुर सदरमुकाम गाईघाटमा बिहीबार सुरु भएको उदयपुर दोस्रो घरेलु औधोगिक महोत्सव–२०७५ को उदघाटन गर्दै मन्त्री कुसियैतले यस्तो बताएका हुन्।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा मात्रै होइन, अन्य क्षेत्रमा पनि उद्योग विस्तार गर्ने वातावरण बनाउन प्रदेश सरकार लागि परेको भन्दै कुसियैतले भने,  ‘तराईदेखि पहाड र हिमालसम्म घरेलु उद्योग स्थापनाका लागि सरकारले सहजीकरण गर्ने प्रदेश सरकारको योजना छ।’

मन्त्री कुसियैतले भने, ‘त्यसका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने,  दर्तामा सहजीकरण गर्ने, बजारको व्यवस्था गर्ने,  उद्यमी बन्न चाहनेलाई तालिमको व्यवस्था गर्ने काम प्रदेश सरकारले गर्छ।’ मन्त्रीले कुन जिल्लामा कस्ता उद्योग सञ्चालन हुन सक्छन् भनेर प्रदेशको विस्तृत औधोगिक सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखिएको समेत बताए। उद्घाटन समारोहमा प्रदेश सांसद तथा अतिथि अम्बिका थापाले घरेलु उद्योगको विकासले मात्र समृद्ध नेपाल बन्ने भएकाले प्रदेश सरकारको ध्यान घरेलु उद्योगको विकासमा जोड दिइन्।

'मिहिनेत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको,  उद्योग गरौँ उद्यमी बनौँ, उठाऔैं नेपाल’ भन्ने मूल नाराका साथ उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसिर २० देखि २९ गतेसम्म गाईघाटस्थित थारुहट रंगशालामा संचालन हुनेछ। महोत्सवमा ढाका,  कोसेली,  मुडा,  टर्की,  खुकुरी, दालमोट, चटपटे, घुगी, कृषी औजार, जमराको जुस, अगरबत्ती, बासको हस्तकला सामाग्री, लगाएत एक सय भन्दा बढी स्टल रहेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आयोजनामा हुने महोत्सवले १ नं. प्रदेशका दुरदराजमा रहेका उद्यमीहरुलाई एकैथलोमा भेला गरी बजार प्रवर्द्ध तथा पर्यटन प्रवद्र्धनाई सहयोग पुर्‍याउने उद्देश्य लिएको अध्यक्ष मधुकर थापाले बताए। अध्यक्ष थापाले गत वर्षदेखि वार्षिक रूपमा थालिएको महोत्सवलाई निरन्तरता दिँदै यो दोस्रो महोत्सवको आयोजना गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.