|
घटनास्थल अवलोकन गर्दै प्रहरी र स्थानीय सर्वसाधारण


धनगढी : कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाउँमा छोराले आफ्नो बुबा र ठूलाबुबाको हत्या गरेका छन्। बलिया गाउँका जहरीलाल चौधरीले बुबा चक्रा थारु र ठूलाबुबा पल्टु थारूको हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ।

उनलाई अहिले प्रहरीले पक्राउ गरेको छ। आमा दिलबहादी देवी चौधरीको टाउको र बायाँ कानमा चोट लागेको बताइएको छ। उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। श्रीमती माइत गएको र आफूलाई जानकारी नगराई किन माइत पठाएको भन्दै काठको खन्तीले बुबा, ठुला बुबा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको इलाका प्रहरी लम्कीले जनाएको छ।

चौधरीले हत्या स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक हरि वलीले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.