|

जनकपुरधाम : बारा प्रहरीले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई दुई वर्षपछि पक्राउ गरेको छ। २०७३ पुस १० गते साविक बाराको करैया गाउँ विकास समिति ८ स्थित सहजनाथ सामुदायिक बनमा दुईजनालाई कर्तव्य ज्यान गरी हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उप-महानगरपालिका १२ सितलपुर बस्ने २५ वर्षीय लडुु भनिने राजकिशोर गिरी रहेको छ। गिरीलाई महानगढीमाई नगरपालिका १ सिमरा तेलगछिया टोलस्थित लुकिछिपि बस्दै आएको अवस्थामा प्रहरीको टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

पक्राउ परेका गिरीमाथि भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण ग्राम पंचायत राजलक्ष्मीपुर पोखरीया ४ बस्ने २७ वर्षीय अरुण राम र १९ वर्षीय दिपक रामलाई हत्या गरेको अभियोग लागेको छ। दुवैजालाई सहजनाथ सामुदायिक वनमा डोरीले हात खुट्टा बाँधी धारिलो हतियारले घाँटी रेटी हत्या गरेको प्रहरीले अभियागपत्रका उल्लेख गरेको छ।

पक्राउ परेका गिरीलाई जिल्ला प्रहरीले कार्यालय बारा जिल्ला अदालतमा पेश गरिए थप अनुसन्धान अगाडि बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.