|

काठमाडौंः पूर्वमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध झण्डै सवा दुई वर्ष विगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीसहित २१ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। उनीमाथि अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख  विगो दावी गर्दै मुद्दा दायर गरेको हो।  सबै २१ जनाविरुद्ध कुल आठ अर्ब ५९ करोड ८८ लाख ३१ हजार चार सय ३१ रुपैयाँ विगो दावी गर्दै मुद्दा दर्ता गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.