|

काठमाडौंः भूतपूर्व गोर्खा सैनिकहरुले आफुहरु नेपाली नै भएकाले आफूहरुको पनि राजनीतिक अधिकारको प्रत्याभूति हुनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा गोर्खा भूतपूर्व सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईले आफुहरू कामका लागि मात्रै बेलायत बसेको भन्दै नेपाली नागरिकको हैसियतले राजनीतिक अधिकारको प्रत्याभूति गरिनुपर्ने बताए। 

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेका बेला गोर्खा सैनीकहरुले आफूहरुलाई सामाजिक , धार्मिक लगायत राजनीतिक अधिकारबाट बञ्चित गर्न नमिल्ने धारणा राखेका हुन्। बेलायतमा कामका लागि मात्रै बसेको भन्दै उनीहरुले काम गर्नका लागि मात्रै त्यहा बाट पाएको अनुमतिआज्ञालाई आधार बनाएर आम नेपालीले पाउने अधिकार बाट बञ्चित गर्न नमिलने तर्क गरे।

समिति सदस्यहरुले भने नेपाली नागरिकता नत्याएकाहरुको सवालमा सबै अधिकार प्राप्त हुने भएकाले हक अधिकारको बारेमा मात्रै छलफल गरिरहनु नपर्ने तर्क गरे। उनीहरुले दोहोरो अधिकार खोज्न नहुने भन्दै नेपालमा राजनीतिक अधिकार खोज्ने भए बेलायतको नागरिकता त्याग्न आग्रह गरे।

नेपालको संविधानले गैह आवासीय नेपालीका हकमा नेपालको राजनीतिक अधिकार बाहेकका अधिकारको प्रत्याभुति गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.