|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। 

अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा शुक्रबार दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानुन विपरित भएको उल्लेख छ। 

आयोगले गत असोज ९ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई वैधानिकता दिएको थियो। सो निवदेनमाथि यही मंसिर २४ गते पेशी तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.