|

जनकपुरधाम : साताव्यापी रामजानकी विवाह पञ्चमी महोत्सव शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाह पञ्चमीको पहिलो दिन आज नगरदर्शन गराइएको छ। सो नगर दर्शनमा राम-लक्ष्मण प्रतीकको रुपमा एक जोडा वालकलाई जनकपुरधाममा घुमाइने परम्परा रहेको छ।

त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर र नगर दर्शन गरेको तथा मिथिलाका बासीले राम लक्ष्मणलाई फूल छर्केर स्वागत गरेको मान्यताअनुसार यहाँका जनकपुरधाम नगरबासीले स्वागत गर्ने परम्परा अनुसार नगर नदर्शन गराइएको छ। नगर दर्शनमा कृतिम नगरको परिकल्पना गरेर नगरमा भगवान राम र लक्ष्मण सबैको द्वारद्वार (घरघर) मा जाने परम्परा अनुसार विधिवत रुपमा नगर दर्शन गराइएको हो। नगर दर्शनमा राम लक्ष्मणको दर्शन गर्न दर्शनार्थीको भीड लागेको थियो।

त्रेतायुगमा श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका तिथिदेखि मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ। यसवर्ष महोत्सव मंसिर २१ गतेदेखि विधिवत रुपमा सुरु भई २६ गतेसम्म चल्ने जानकी मन्दिरका सह-महन्थ रामरोशन दासले बताए।

सात दिनमा नगर दर्शनका अतिरिक्त फुलवारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा हुनेछ। रामजानकी महोत्सवका हेर्नका लागि जनकपुरधाममा विशेष गरी भारतीय पर्यटकको पनि भीड बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.