|

बारा : विद्युत चोरीमा संलग्न ५७ जनालाई प्रहरीले पक्राउ गरेको छ। विद्युत चुहावट नियन्त्रणको शुक्रबार बिहान खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका कर्मचारीसँग समन्वयमा जिल्लाको विभिन्न स्थानबाट ठूलो संख्यामा प्रहरीले पक्राउ गरेको हो।

बाराको गम्हरिया, मटिअर्वा, कुकुरभुका गाउँबाट हुकिङ गरी विद्युत चोरी एवं चुहावट गरेका अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए। 

भारतीय नागरिकको हत्या गरी दुई वर्षदेखि फरार पक्राउ

त्यसरी नै भारतीय नागरिकको हत्या गरी दुई वर्षदेखि फरार रहेका बारा कलैया उपमहानगरपालिका १२ सितलपुरका २५ वर्षीय लड्डु भन्ने राजकिशोर गिरी पक्राउ परेका छन्। बाराको करैया ८ स्थित सहजनाथ सामुदायिक बनमा भारत विहारको मोतिहारी पूर्वी चम्पारण पंचायत ग्रामका राजलक्ष्मीपुर पोखरीया ४ का २७ वर्षीय अरूण राम, सोही ठाउँका १९ वर्षीय दिपक रामलाई डोरीले हात-खुट्टा बाँधी धारिलो हतियारले घाटी रेटी हत्या गरेर फरार रहेका गिरीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बाराको महान गढिमाई १ सिमरा तेलगछिया टोलमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ हो।

पक्राउ परेका गिरीलाई बारा जिल्ला अदालतमा पेश गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राठौरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.