|

धनगढी : कैलालीको जोशीपुर गाउँपालिकामा आफ्नै विद्यार्थीलाई जर्बजस्ती करणी गर्न खाजेको भन्दै प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ। बर्दगोरीया गाउँपालिका ६ बौनियामा रहेको रघुनाथ आदर्श माध्यमिक विद्यालयका ३२ वर्षका शिक्षक नारायण चौधरीलाई आफ्नै विद्यार्थी करणी गर्न खाजेको भन्दै प्रहरीले पक्राउ गरेको छ।

शिक्षकलाई कारबाहीको माग गर्दै किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दयार गरेका हुन्। ‘अभिभावकले मुद्धा दिएपछि शिक्षक चौधरीबिरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेका छौँ’ इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले बताए।

मंसीर १८ गते बर्दिया राष्ट्रिय निकुञ्जमा पिकनिक खाएर फर्किँदा घरसम्म छोड्ने भन्दै शिक्षकले बलात्कार गर्न खाजेको बालिकाका परिवारले आरोप लगाएका छन्। ‘नाताले बाजे पर्ने शिक्षक चौधरीले राति ८ बजेतिर जबरजस्ती गर्न खोजेपछि किशोरी भागेर जोगिएको बताइन्’ प्रहरी निरीक्षक जोशीले भने। किशोरीले दोस्रो दिन विद्यालयमा साथीलाई यस विषयमा बताएपछि उनका अभिभावकले थाहा पाएका थिए।

शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रहरीलाई जाहेरी दिएको पीडित किशोरीका अभिभावले बताएका छन्। प्रहरीले मुद्दा दर्ता गरेपछि अहिले दुई जनालाई स्वास्थ्य परीक्षणको लागि सेती अंचल अस्पताल धनगढी ल्याइएको छ। ‘दुबै जनाको रिपाेर्ट आएपछि यस विषयमा थप तथ्या सार्वजनिक हुन्छ’ प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.