|

भक्तपुर : चाँगुनारायण नगरपालिका ८ रानीबारी सुडालस्थित स्कुल बसको ठक्करले शुक्रबार सात वर्षीया बालिकाको मृत्यु भएको छ।

बा १ क ७२८५ नं. को रोम्बस इंगलिस स्कुलको बसले सोही विद्यालयमा अध्ययन गर्ने बालिका बसबाट झरी बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा चानपा ८ रानीबारी सुडालकी सात वर्षीया बालिका प्रतिष्ठा खत्रीको मत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। 
उपचारका लागि उनलाई मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रनाउ पोखरेलले बताए।

बस र चालक भक्तपुर नगरपालिका ८ लिवाली बस्ने ३७ वर्षीय दिपक लाखेमरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाइनुका साथै थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पोखरेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.