|

उदयपुर : उदयपुरगढी गाँउपालिकाले गाँउपालिकाबाट दिइने सेवालाई प्रभावकारी तथा पारदर्शी बनाउन मोबाइल एप्स सञ्चालनमा ल्याएको छ। सेवा प्रवाहमा छिटो छरितो र सहज बनाउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो।

मोबाइल एप्स प्रणालीबाट सेवाग्राहीको गुुनासा सुुझाव सुुन्ने तथा गाउँपालिकाले प्रदान गर्ने सेवा र गरिरहेको कामबारेमा जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जनाकारी दिए।

 ‘मोबाइल एप्समार्फत गाउँपालिकाले गरिरहेको कामबारे सहजै जनाकारी लिन सकिन्छ’, उनले भने, ‘अहिले वेवसाइटभन्दा पनि सबैले स्मार्ट मोबाइल चलाउने भएकाले मोबाइल एप्स प्रभावकारी हुने ठानेर एप्स बनाएका हौँ।’

सुवेदीका अनुसार मोबाइल एप्स प्रयोगमा आएपछि गाउँपालिकाबाट प्राप्त हुने सेवाहरू, कार्यक्रम तथा परियोजनाहरू, सूचना, गुनासो, जानकारी, वडाको प्रोफाइल, जनप्रतिनिधिहरूको विवरणहरू सहजै हेर्न सकिने भएको छ। मोबाइलमै गाउँपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, हुलाक, खेलमैदान, बैँक, प्रहरी, प्रर्यटकीय स्थलका बारेमा समेत नक्सासहितको जानकारी राखिएको छ। आपतकालीन नम्बरहरूसमेत एप्समा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.