समाज

प्युठान नगरपालिका २ का वडाध्यक्षको निधन
SHARES

मंसिर २१, २०७५

    दाङ : प्युठान नगरपालिका-२ का वडाध्यक्ष खिमबहादुर विष्टको निधन भएको छ। विगत एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित विष्टको शुक्रबार निधन भएको हो। उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

    ५८ वर्षीय विष्ट स्थानीय तह निर्वाचनमा नेकपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। विष्टका श्रीमती, दुइ छोरा र दुई छोरी छन्। विष्टको शनिबार वडा कार्यालयमा अन्तिम श्रद्धाञ्जलीसभा गरी अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको प्युठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]