|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षा बलियो पार्नका लागि विकास योजनालाई तीव्रता दिनुपर्ने बताएका छन्।

योजना आयोगको १५ औँ योजनाको तयारी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका योजना पनि ती उल्लेखित विषयलाई सम्बोधन गर्ने र बलियो पार्ने किसिमका हुनुपर्छ।‘ राष्ट्रिय योजना आयोगले आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औँ योजनाको तयारी बैठकमा प्रधानमन्त्री ओलीले देशमा छिटो विकास गरिने बताएका हुन्।

विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर अघि बढ्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुन सक्छौँ। हामीलाई विकासका कुनै नयाँ कुरा आविष्कार गरिरहनुपर्दैन। अरुले गरेका आविष्कार प्रयोग गरे पुग्छ।‘

प्रधानमन्त्रीले १५ औँ पञ्चवर्षीय योजना २०७६-०७७ देखि २०८०-०८१ देश विकासका लागि नयाँ आयाम ‘टर्निङ प्वाइन्ट’ हुने चर्चा गर्दै अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधिमैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यावहारिक योजना बनाउनुपर्नेमा जोड दिए।

उनले स्वदेशमा रहेका फलामखानीको उत्खनन, विद्युतीय ऊर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउन १५ औँ योजना केन्द्रित गर्न योजना आयोगलाई सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले भने, ‘विद्युत्, सौर्य र अन्य वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ। जेट्रोपाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ। त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ।‘

प्रधानमन्त्रीले आयोगको कार्यक्रममा के के भने  र कार्यक्रम कस्तो रह्यो? विस्तृतमाः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.