|

काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन्। सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन्।

नयाँ पत्रिका दैनिकमा समाचार छ, प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले बतायो। महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन्। दुवै लागुऔषध सेवन गर्थे। उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ।

पक्राउ परेका अर्का अभियुक्त दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नदेखिएको प्रहरी अधिकारी बताउँछन्। विशाल र दिनेशलाई बिहीबार महेन्द्रनगरबाट काठमाडौं ल्याएर सोधपुछ अघि बढाइएको छ । उनीहरूलाई अभिभावकसहित काठमाडौं ल्याइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.