|

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट आज सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स भिड्नेछन्।

खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । विराटनगर पारस खड्काको कप्तानीमा छ भने ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन्। इपिएलको पुरस्कार राशि भने घोषणा गरिएको छैन।  विभिन्न ६ शहरका फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता १५ दिनसम्म चल्नेछ।

प्रतियोगिता हेर्नका लागि विद्यार्थीलाई ५० र अन्य दर्शकलाई १०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ। दर्शकहरूलाई हरेक दिन लक्की ड्रमार्फत विभिन्न उपहार दिनुका साथै छक्का भएको बल एक हातले क्याच गरे ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने आयोजकले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.