६ जना पक्राउ, दुईले गरे स्वीकार

|

बुटवल : रूपन्देहीको देवदहमा सात वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन्। बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय चार युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देवदह जीवन खत्री, दिनेश विक, राजु परियार र बोधे विक छन्। पक्राउ परेकामध्ये  दुई जनाले बलात्कार गरेको स्वीकारेको प्रहरीले बताएको छ।  पक्राउ परेका अन्यमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका निरीक्षक ऋषिराम घर्ती मगरले बताए। अन्य दुईजना फरार रहेको उनले जानकारी दिए।

बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अवस्थामा खैरेनीमा रहेको घरनजिक बलात्कार भएको हो। उनीहरूले टहरोमा लगेर बालिकालाई बलात्कार गरेका थिए।

बालिका त्यहीँ रक्ताम्य अवस्थामा भेटिएको प्रहरीले बताएको छ। उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.