समाज

लाग्यो वैदिक नयाँ वर्ष
SHARES

मंसिर २२, २०७५

    काठमाडौं : वैदिक धर्मावलम्बीहरू शनिबार नयाँ वर्ष मनाउँदैछन्। वैदिक पात्रोअनुसार संवत् ५०८४ सुरु भएको हो। यसलाई कलिवर्ष पनि भनिन्छ।

    वैदिक कालगणना चान्द्रमानमा आधारित रहेको वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले बताए। चाद्रमानले वास्तविक उत्तरायण लाग्ने दिन अर्थात् पुस ७ गते शुक्लपक्षको कुनै तिथि परेको भए त्यसै पक्षको प्रतिपदामा नयाँ वर्ष लाग्ने बताइन्छ। 

    'यो वर्ष पुस ७ गते शुक्लपक्षकै तिथि परेका कारण पक्ष सुरु हुने प्रतिपदा (शनिवार) नयाँ वर्ष सुरु भएको हो', कौण्डिन्न्यायनले भने। उनका अनुसार कृष्णपक्षको नवमी र त्यसभन्दा अघिका तिथि भए त्यस (कृष्णपक्ष) भन्दा अघिल्लो शुक्लपक्षको प्रतिपदामा र दशमीदेखि पछाडिका तिथि भए आउने शुक्ल प्रतिपदामा वैदिक नयाँ वर्ष शुरु हुन्छ। 

    वैदिक नववर्षारम्भको दिन नै वैदिक सौरचान्द्र उदगयन (उत्तरायण), शिशिर ऋतु र तपोमासको अथवा आर्तव माघमासको सुरुआत हुन्छ। तप, तपस्य, मधु, माधव, शुक्र, शुचि, नभ, नभस्य, इष, उर्ज, सह र सहस्य गरी वैदिक महिना पनि बाह्रै वटा हुन्छन्।

    वैदिक महिना र वर्ष ऋतुबद्ध मानिन्छन्। एक महिनामा शुक्ल र कृष्ण गरी दुइ पक्ष हुन्छन्। शुक्लपक्षमा प्रतिपदादेखि पूर्णिमा र कृष्णपक्षमा प्रतिपदादेखि औँसीसम्मका १५\१५ तिथि हुन्छन्। वैदिक तिथि अहोरात्रात्मक हुने हुनाले चतुर्दशीबाहेक अरु तिथि नटुट्ने सम्पादक कौण्डिन्न्यायनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]