|

काठमाडौं :  नेपाल निर्माण व्यवसायी र सरकारका प्रतिनिधिहरूले गुणस्तरीय निर्माणमा सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने बताएका छन्। ११ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा उनीहरूले गुणस्तरीय पूर्वाधार निर्माणमा एक साथ हुनुपर्ने सन्देश दिएका हुन्।  

नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो स्थापना २०६४ मंसिर २२ गते भएको दिनलाई अवसर पारेर स्थापना दिवस मनाएको हो। विभिन्न किसिमका सन्देश दिइने प्‍लेकार्डसहित महासंघले बिहान दशरथ रंगशालाबाट प्रभातफेरी निकालेको हो। प्रभातफेरी भौतिक पूर्वधार तथा यातायात मन्त्रीसमित मन्त्रालय र सडक विभागका उच्‍च अधिकारीहरूको उपस्थिति रहेको थियो।

सरोकारवालाहरूले अहिले पनि नेपालको पूर्वधार निर्माणको धेरै काम रहेको अवस्थामा गुणस्तरीय निर्माण कार्यले अहिलेको आवश्‍यकता भएको बताएका छन्। निर्माण व्यवसायीहरूले गुणस्तरीय निर्माणका लागि सरकारले व्यवसायीलाई विश्‍वास गर्नुपर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

'सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएको छ यसको लागि गुणस्तरीय निर्माण कार्य आजको आवश्‍यकता हो' महासंघका उपमहासचिव टंक चौलागाईँले भने 'यसका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.