|

काठमाडौं : नेपाली राष्ट्रिय टिमले राष्ट्रिय र अन्तर्रााष्ट्रिय सफलतासँगै नेपालमा क्रिकेट विस्तारै व्‍यावसायिक बनिरहेको छ। त्यसमा पनि छोटो संस्करण टी–२० फर्मयाटको लोकप्रियता यतिधेरै बढेको छ कि हरेकपटक हुने प्रतियोगितामा उतिकै लोकप्रियता रहँदै आएको छ। 

२०१६ बाट सुरु गरिएको एभरेस्‍ट प्रिमियर लिग गत संस्करण हरेकपटक रोचक र थप उतकृष्ट बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ। गत संस्करणमा विदेशी खेलाडी अनिवार्य गरिएको प्रतियोगितामा योपटक चर्चित विदेशी अनुहार टियु मैदानमा देखिँदै छन्। पहिलो संस्करणमा व्‍यावसायिक घरनाकै नामबाट प्रतियोगिता सुरु गरिए पनि दोस्रो संस्करणमा आएर विभिन्न सहरका नामबाट प्रतियोगिता गर्न सुरु गरिएको हो । तेस्रो संस्करण आजबाट औपचारिक रूपमा सुरु हुँदा गत संस्करणकै ६ टिमले यो पटक पनि उपाधि होडमा प्रतिस्‍पर्धा गर्नेछन्। 

कसरी पुग्छन् फाइनलमा टिम 

टियु मैदान कीर्तिपुरमा दुईसाता चल्ने प्रतियोगितामा हरेक टिमले एकअर्काविरुद्ध समूहचरणमा प्रतिस्‍पर्धा गर्नेछन्। जसमा समूहको शीर्ष दुईमा रहने टिमले फाइनल प्रवेशको पहिलो क्वालिफायर खेल्नेछन् जुन खेलको विजेता टोली सीधै फाइनल प्रवेश गर्नेछ। त्यस्‍तै अंक तालिकामा तेस्रो र चौथो हुने टोलीले इलिमिनेटर राउन्डमा प्रतिष्पर्धा हुनेछ । पराजित हुने टिम बाहिरिँदा विजेता दोस्रो क्वालिफायरका लागि छनोट हुनेछ। जहाँ उसले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग प्रतिस्‍पर्धा गर्नेछ। विजेता टिमले फाइनलमा स्थान बनाउनेछ।

के छन् आकर्षण?

व्‍यावसायिक चियर लिडर्स– गत संस्करणबाट इपिएलले चियरलिडर्सको प्रयोग गरेको थियो। योपटक व्‍यावसायिक चियरलिडर्सको प्रयोग गरिएको इपिएल आयोजकले जनाएको छ। आइपिएल तथा अन्तर्रााष्ट्रिय क्रिकेटमा आफ्नो कौशल देखाएका चियर लिर्डस रहनेछन्। ६ जना चियरलिडर्सलाई इंग्ल्यान्डबाट झिकाइएको छ।

क्याचको ५० हजार– यो पटकको दर्शकका लागि महत्वपूर्ण र मुख्य मानिएको र रोमाञ्चक्ताको महत्वपूर्ण विषय दर्शक क्याच रहेको छ। बाउन्ड्री जाने छक्कालाई कुनै पनि दर्शकले एक हातले क्याच गरे नगद ५० हजार दिइने आयोजकले जनाएको छ।

उत्कृष्ट पिच– आयोजकका अध्यक्ष आमीर अख्तरले छोटो समयमा आकर्षक पिच तयार गरेको दाबी गरेका छन् ब्याटिङपिचमा स्वभाविक रोमाञ्चकता रहनेछ। बलरहरुका लागि स्वाभाविक चुनौती बन्दा टी–२० को मज्जाका रूपमा रहने रनस्कोर व्‍यापक बन्न सक्ने बताइएको छ। कुनै पनि टिमले सहज रूपमा १५० सम्मको स्कोर तयार गर्न सक्नेछन्। 

टिभिमा अन्तर्रााष्ट्रियस्तरको प्रविधि– प्रतियोगिताको प्रत्यक्ष प्रसारण अझ राम्रो र अन्तर्रााष्ट्रियस्तरको देखाउन पहिलोपटक एपी वान टेलिभिजनले टेलिलेन्स को प्रयोग गर्दैछ। भारतबाट ल्याइएको ४० एक्स टेलिलेन्सको भाडा मात्र १५ दिनको झन्डै १० लाख भारतीय रुपैयाँ रहेको जनाइएको छ। लेन्स चलाउने प्राविधिक पनि उतैबाट झिकाइएको छ। 

विदेशी कमेन्टेर– नेपाली क्रिकेटमा पहिलो पटक विदेशी कमेन्टेटरको प्रयोग हुँदै छ। प्रतियोगिताभरि नेपालीसँगै विदेशीले पनि खेलको कमेन्ट्री गर्नेछन्। पालैपालो नेपाली र अंग्रेजीमा कमेन्ट्रीका लागि ४ जना विदेश कमेन्टेटरको व्यवस्था गरिएको आयोजकले जनाएको छ। कमेन्ट्रिमा मुख्य आकर्षण अहिले इंग्ल्याण्डको श्रीलंका भ्रमणमा कमेन्ट्री गरिरहेका श्रीलंकाका पूर्वअलराउन्डर फरवेज महरूफ हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.