|

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताएका छन्। ट्रम्पलेट्वीटरमा लेखेका छन्। 'चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ।'

केही दिन अगाडी चिनियाँ राष्ट्रपति सी चिन पिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान हुने विश्वास आफुलाई रहेको बताए। अर्जेन्टिनामा भएको सो भेटवार्ताका क्रममा सीले करवृद्धिका योजना तत्काल स्थगन गर्नेगरी अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.