समाज : सुरक्षा/अपराध

पाँच वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने ६ पक्राउ
SHARES

मंसिर २२, २०७५


    रूपन्देही : जिल्लाको देवदहमा ५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको छ। बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ जसमध्ये २ जना बलात्कारी नै भएको पुष्टि भएको छ। पक्राउ परेका अन्यमाथि थप अनुसन्धान सुरु भएको घटनास्थलमै रहेका इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर ऋषिराम घर्ती मगरले बताए। पक्राउ परेकाहरूमा देवदह-६ का २२ वर्षीय लक्ष्मण बिक र, देवदह ७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेको प्रहरीले बताएको छ।

    त्यस्तै अनुसन्धानका लागि स्थानीय राजु परियार, बोधे विक, दिनेश विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। खैरेनीमा रहेको बालिकाकै घरनजिकै उनीमाथि बलात्कार भएको हो। बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अवस्थामा सो घटना भएको हो। घरनजिकै रहेको ब्लक रहेको टहरोमा लगेर बालिकामाथि बलात्कार भएको र सो स्थान रक्ताम्य अवस्थामा भेटिएको प्रहरीले बताएको छ। ती बालिकालाई थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ।


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]