|

काठमाडौं : सरकारले कात्तिक २६ गते राजपत्रमा सूचीकृत गरेर सामाजिक सुरक्षा योजना कार्यक्रममा समावेश हुन रोजगारदाताहरूलाई आह्‍वान गरेको छ। मंसिर ११ गतेबाट विधिवत सुरुवात गरिएकोमा केही ठूला घरानाहरूले सामाजिक सुरक्षाका कार्यक्रममा सूचीकृत हुन तदारूकता देखाएका छन्। साथै होटल, हस्पिटल केही बैंकहरू समेत यो समयमा सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका छन्।

नेपालको एक मात्र डलर अर्बपतिको रूपमा घोषित विनोद चौधरीको लगानी रहेको चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरू सबैभन्दा बढी सूचीकृत भएका छन्। हालसम्म सूचीकृत भएका कम्पनीमध्ये १५ प्रतिशत सिजी अन्तर्गतकका कम्पनीहरू रहेका छन्।

हालसम्म दर्ता भएका १९६ मध्ये जगदम्बा अन्तर्गतका १९६ उद्योग तथा कम्पनीले सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन्। त्यस्तै जगदम्बा ग्रुप अन्तर्गतको सातवटा कम्पनीहरू पनि सूचीकृत भइसकेको छ। आइएमई अन्तर्गतका दुई कम्पनी र हाइड्रोपावर क्षेत्रबाट ६ वटा कम्पनी, होटल क्षेत्रबाट होटल सोल्टी लगायतका होटलहरू सूचीकृत भएका छन्।

चौधरी ग्रुपअन्तर्गत दर्ता भएका कम्पनी तथा उद्योगहरूमा नर्भिक अस्पताल, सिजि फुड्स, सिजी प्याकिङ नेपाल, सिजी फुड अन्तर्गतका पाचँवटा कम्पनी, सिजी ब्रेअरी, सिजी सिमेन्टअन्तर्गतका चारवटा कम्पनी, सिजी एक्जिम नेपाल, सिजी इलेक्ट्रोनिक्स, सिजी सफारी एण्ड टुरिजम प्रालि, सिजी डेभ्लोपर्स, सिजी स्वास्वात धाम, सुमिट होटल दर्ता गराएका छा। त्यस्तै देउराली जनता फर्मा स्युटिकल्स, आइएमइ लिमिटेड लगायतका ठूला प्रतिष्ठानहरू पनि दर्ता भएका छन्।

प्रभु ग्रुप, ज्योती ग्रुप लगायतका ठूला प्रतिष्ठानहरू भने दर्ता भएका छन्। सामाजिक सुरक्षा योजनाका कार्यक्रमा सहभागी हुनको लागि रोजगारदाता प्रतिष्ठानहरूलाई दर्ता हुन आह्‍वान गरेको छ। दर्ता भएको तीन माहिना भित्र आफ्ना प्रतिष्ठानमा काम गर्ने क्रमर्चारी समेत सूचीकृत गराउनु पर्ने छ। सूचीकृत भएपछि मात्रै सरकारले सामार्वजनिक गरेको सामाजिक सुरक्षाका योजनामा सहभागी हुनु पर्ने छ। अहिले काटीउकोको १ प्रतिशत सहित श्रमिकको ११ प्रतिशत र रोजगारदाताका २० प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुने छ। यो कवषबाट श्रमिकले उपचार खर्चदेखि पेन्सनसम्मको रकम पाउने छन्। पेन्सन लिनको लागि १५ वर्ष कम्तिमा योगदान गर्नु पर्ने प्रवधान रहेको छ।

सामाजिक सुरक्षा कोषले यो अवधिमा रोजगारदाता प्रतिष्ठानहरूले राम्रो उपस्थिती देखाएका बताएका छन्। चौधरी ग्रुप बाहेकका बढी प्रतिष्ठानहरू भने सामाजिक संघ संस्थाहरू देखिएका छन्। 'संख्यात्मक रुपमा यो अवधिमा प्रतिष्ठानहरूको सूचीकृत उल्लेख्य छ'।

सूचीकृत प्रतिष्ठानहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.