समाज

शंकरदेव क्याम्पसबाट पिकनिक गएको बस मकवानपुरमा दुर्घटना
SHARES

मंसिर २२, २०७५

    हेटौँडा : वनभोजका लागि मकवानपुरको मार्खु आउँदै गरेको काठमाडौं शंकरदेव क्याम्पसको बस दुर्घटनामा परेको छ। इन्द्रसरोबर गाउँपालिका–३ स्थित डोडारे भन्ने स्थानमा बा.३ ख ३१५२ नम्बरको बस दुर्घटना हुँदा चालक विकास श्रेष्ठसहित तीनजना घाइते भएका छन्।

    घाइते हुनेहरूमा हरिमाया शर्मा, अमितकुमारी चौधरी र कौशिला गिरी रहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ। उनीहरूको सिस्नेरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। थप उपचारका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। शंकरदेवको स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू पर्यटकीय गन्तव्य मार्खुमा वनभोजका लागि आएको प्रहरीले जनाएको छ। बसमा ४० जना विद्यार्थी सवार थिए। के कति कारणले बस दुर्घटना भएको हो भन्ने खुलिनसकेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]