१३९ देशसँग व्यापार गर्दा ११३ सँग घाटा

|

काठमाडौं : छिमेकीदेशहरूसँग नेपालले व्यापार निरन्तर बढ्दै गएको छ। ६२ प्रतिशत व्यापार आश्रित रहेको भारत र १३ प्रतिशत आश्रित रहेको चीनसँग नेपालको व्यापार घाटा चुलिएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारतसँग करिब तीन खर्बको व्यापार घाटा पुगेको छ भने चीनसँग एक खर्बनजिक रहेको छ।

भन्सार विभागको चार महिनाको तथ्यांकलाई हर्ने हो भने भारतसँग नेपालले तीन खर्ब २२ अर्ब रुपैयाँको व्यापार गरेको छ। जसमा १७ अर्ब ६६ करोड निर्यात र तीन खर्ब पाँच अर्ब रुपैयाँको आयात बढेको छ। त्यस्तै, चीनसँग नेपाल ७१ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा ७१ अर्ब ५ करोडको आयात र सात करोड ५५ लाख रुपैयाँको निर्यात भएको छ।

नेपालको व्यापार घाटा चार खर्ब ५४ अर्बमध्ये तीन खर्ब ५९ करोडको व्यापार घाटा भार र चीनसँग रहेको छ। जम्मा व्यापारमा ७५ प्रतिशत हिस्सा ओगटेका भारत र चीनको व्यापार घाटामा भने ७९ प्रतिशत रहेको छ।

सरकाले र चीन र अन्य मुलुकहरूसँग व्यापार विस्तार गर्ने रणनीति अघि सारे पनि त्यसले सफलता नपाउँदा व्‍यारसँगको परनिर्भरता बढेको छ। एकै देशसँगको व्यापार भरपर्दा त्योदेशमा संकट उत्पन्न हुँदा वा दुईदेशबीच सम्बन्ध बिग्रँदा देशमा प्रलय आउन सक्नेमा सरोकारवालाहरूले सचेत गराएका छन्। 'व्यापार एकाधिकार कायम हुँदा कस्तो प्रभाव पर्छ भन्ने विषयमा हामीले नाकाबन्दीको समयमा चेतेकै हो त्यसैले भनिएको हो व्यापारमा विविधता' व्यापारविद् पुरुषोत्तम ओझाले भने। त्यस्तै सरकारले व्यापार घाटा न्यूनीकरणको लागि विलासिता सामानको आयात घटाउने र निर्यातयोग्य सामग्रीको उत्पादन बढाउनुपर्ने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्रमल्ल बताउँछन्।

अर्थमन्त्री डा. युवराज खतिवडा नेपालमा बढी आयात भएको भन्दा पनि निर्यात हुन नसेकको कारण व्यापार असन्तुलन बढेको बताउँछन्। 'हामीकहाँ आयात बढेको भन्दा पनि निर्यात नहुँदा असन्तुलन बढेको हो' खतिवडाले भने 'सरकारले निर्यातलाई प्रवर्द्धन गर्न र उत्पादानमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ'।

चार महिनाको अवधिमा नेपालले १३९ वटा देशसँग व्यापार गरेकोमा २६ देशसँग नाफा गरेको छ भने १३ वटा देशसँग घाटामा रहेको छ। नाफामा रहेको मध्ये अमेरिकासँग सबैभन्दा बढी ४७ करोड १० लाख रुपैयाँको नाफा गरेको छ। १३ वटा देशसँग निर्यात मात्रै गरेको छ भने ४६ वटा देशमा एक रुपैयाँको पनि सामान पठाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.