|

काठमाडौैं : ‘वल्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी शनिबार टुँडिखेलमा सार्वजनिक गरिएको छ। 

नेपाल रग्बी संघले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरे। उक्त विश्वकप ट्रफी यही मंसिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो। 

बिहीबार उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो। त्यस्तै शुक्रबार विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो। सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक शुरुआत भएको संघले जनाएको छ। संघ स्थापना भएलगत्तै नेपालले रग्बीको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा सहभागिता जनाउँदै आएको अध्यक्ष टंकलाल घिसिङले बताए।

विश्वमा नेपाललाई चिनाउन र पर्यटनको प्रवर्द्धनका लागि उक्त ट्रफी नेपालमा ल्याइएको संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.