राजनीति

चार नेता बाहिरिएपछि पाँच नेताको बैठक जारी
SHARES

मंसिर २२, २०७५

    काठमाडौं : तोकिएको समयमा नेकपाको सचिवालय बैठक सुरु नभएको भन्दै नेकपाका चार शीर्ष नेताहरू बैठकस्थलबाट बाहिरिए पनि बैठक सुरु भएको छ।सचिवालयका ९ सदस्यमध्ये ४ नेता बाहिरिए पनि बाँकी रहेका ५ नेताहरूको बैठक बालुवाटारमा सुरु भएको हो।

    नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा सहितको बैठक बालुवाटारमा बसिररहेको छ। 'बैठक बसिरहेको छ। छलफल गरिरहनुभएको छ। औपचारिक वा अनौपचारिक बैठक थाहा भएन, पाँचजना बसिरहनुभएको छ', स्रोतले भन्यो।

    शनिबार दिउँसो ३ बजे बस्‍ने भनिएको बैठक २० मिनेट ढिलो भएको भन्दै सचिवालयका सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बाहिरिएका थिए। 

    क्यान्सरपीडित पूर्वसांसद् मणि खम्बुको समूहसँग प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहँदा नेताहरूले कुराएर अपमान गरेको भन्दै बैठकस्थलबाट बाहिरिएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]