राजनीति

नेकपाको स्थायी कमिटी बैठक २९ गते बस्ने
SHARES

मंसिर २२, २०७५

    काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आह्वान भएको छ। सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक आह्वान गरेको हो। 

    शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी कमिटी बैठक बस्ने मिति तय गरेको हो। बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु गर्न ढिला गरेर अपमान गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले बैठक बहिष्कार गरेका थिए।

    बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको थियो। ३ बजेर २० मिनेटसम्म बैठक सुरु नभएपछि नेताहरु बाहिरीएका थिए। महासचिव पौडेलले भने दुई अध्यक्षले छलफल गरिरहकाले बैठक बस्ने केही ढिला भएको जानकारी दिए ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]