|

काठमाडाैं : अघिल्लो पटकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग इपीएल टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ। 

शनिबार भएको उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हराएको हो। त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको १०५ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे। विराटनगरका लागि करण केसीले उत्कृष्ट ब्याटिङ गरे।

३ छक्का र १ चौकाप्रहार गरेका करणले अविजित ३६ रन जोडे। यस्तै आसिफ शेखले १९,अनिलकुमार साहले ११ रन जोडे। कप्तानपारस ८ रनमा आउट भए।ललितपुरका गौरव तामोरले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो। ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन जोडे। यस्तै सन्नी पटेलले २० तथा पवन शराफले १४ रन बनाए।

विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले २/२ विकेट लिए। लिग अन्तर्गत आइतबार पहिलो खेलमा ललितपुर र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्ने छन्। राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.